काठमाडौं । मदिरा पिउनु हुँदैन भनेर सल्लाह दिने गरिन्छ । तर पनि मान्छेहरु मदिरा बनाउछन् र पिउछन् पनि ।

मदिरा पिउदा र पछि धेरै नसोचेका दुर्घटनाहरु भएका छन् । यो बीचमा भारत, राजस्थानको ढोलपुर जिल्लाबाट एउटा अनौठो खबर बाहिर आएको छ ।

त्यहाँ मदिरा पार्टीमा सहभागी तीन साथीले सर्पलाई भुटेर खाएपछि बिरामी परेका छन् । त्यसपछि एक युवकको अवस्था गम्भीर बन्यो, जसलाई अस्पताल भर्ना गरिएको छ ।

युवकका परिवार सर्प खाएको खबर पाएपछि स्तब्ध भएको थियो । यो कुरा थाहा पाएर डाक्टरहरु पनि छक्क परेका छन् ।

प्राप्त जानकारी अनुसार पसल खोलेको खुसीमा तीन जना साथी मैदानमा मदिरा पार्टी गरिरहेका थिए । यसैबीच दुलोबाट सर्प निस्कियो । मदिराको तलमा तीनै जनाले सर्प समाते । सर्पलाई मारेपछि तीन जनाले सर्पलाई अगाडि र पछाडि गर्दै टुक्रा पारे ।

त्यसपछि उनीहरुले सर्पलाई भुटेका थिए । मदिराको तालमा तीन साथीले सर्पलाई भुटेर खाएका हुन् । सर्प खाएपछि अतर सिंह नामका व्यक्तिको अवस्था खराब भयो । अतर सिंहलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीबारे अहिलेसम्म कसैलाई थाहा थिएन ।

तर अस्पतालमा अतर सिंह होश आएपछि उनले सर्प खाएको जानकारी आफैं दिएका हुन् । त्यसपछि अस्पतालमा सबैको होस उड्यो । अतर सिंहको अवस्था खतरामुक्त रहेको बताइएको छ । एउटा व्यक्तिले सर्पलाई भुटेर खायो ।

त्यसपछि ती व्यक्तिको स्वास्थ्य बिग्रियो र उनी बेहोस भए । घटना ढोलपुर जिल्लाको कौलारी थाना क्षेत्रको पिपरी पुरा गाउँको हो । अन्य दुई जना साथिहरुले पनि सर्प खाएका थिए तर उनीहरुलाई असर नपरेको बताइएको छ ।

सम्बन्धित खबरहरु