काठमाडौ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु अरु राजनीतिक दलको औला पक्रिएर मात्र हिड्न पल्किएको आरोप लगाउनुभएको छ ।

हाल नेपाली कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने अवस्थामा अन्य सत्तारुढ दल रहेको उहाँको टिप्पणी छ ।

अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गर्नुभयो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले कांग्रेसको औंला समातेर हिँड्न पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको भन्दै प्रश्न गर्नुभएको थियो ।

‘अब अरु फाच्चेफुच्चेहरु चाहिँ सँगै जान्छौं भन्छन् । अनि कांग्रेसको औंला नसमाती त हिँड्नै सक्दैनन् त, कसरी जाँदैनन् ?

गइहाल्छन् नि सँगसँगै । आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरु, कांग्रेसको औला समातेर हिँड्न पल्केकाहरु, त्यो हिँडन खोज्छन् नै । तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको दोहो¥याउनुभयो ।

‘नेपाली जनताले देखेका छन्–नेकपा एमाले बल्ल शुद्धिकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर फालिएको ।

त्यस्तो एमाले बनेको छ । ‘त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढछ । यसले विजय हासिल गर्छ’ ओलीले दावी गर्नुभयो ।

सम्बन्धित खबरहरु