काठमाडौं । भारतकामात्र नभई एसियाका सर्वाधिक धनि व्यक्ति मुकेश अम्बानीलाई जोडदार झट्का लागेको छ ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेडको साउदी अरबको तेल कम्पनी साउदी आरामकोसँगको १५ अर्ब अमेरिकी डलरको सम्झौता रद्द भएको हो । त्यस अन्तर्गत, रिलायन्सले आफ्नो तेल र ग्यास व्यवसायको २० प्रतिशत हिस्सा साउदी अरामकोलाई बेच्दै थियो।

रिलायन्स इन्डस्ट्रिज लिमिटेडले नै सम्झौता रद्द गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । रिलायन्सले गत शुक्रबार एक विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘रिलायन्सको व्यवसायिक पोर्टफोलियोको विकसित प्रकृतिको कारण, रिलायन्स र साउदी आरामकोले ओ२सी व्यवसायमा प्रस्तावित लगानीको पुनः मूल्याङ्कन गर्न दुवै पक्षहरूको लागि लाभदायक हुने निर्णय गरेका छन् ।’

मुकेश अम्बानीले अगस्ट २०१९ मा भएको शेयरधनीहरूको वार्षिक साधारण सभामा तेलको २० प्रतिशत सेयर केमिकल व्यवसायलाई बेच्ने वार्ता भइरहेको घोषणा गरेका थिए ।

त्यस व्यवसायको एक भागको रूपमा, रिलायन्सले गुजरातको जामनगरमा दुईवटा तेल रिफाइनरीहरू, पेट्रोकेमिकल सम्पत्तिहरू र बीपीसँग इन्धन खुद्रा बिक्री गर्ने संयुक्त उद्यममा ५१ प्रतिशत हिस्सेदारी रहेको छ । अगस्ट २०१९ मा यो सम्झौता मार्च २०२० सम्म हुने भनिएको थियो तर हुन सकेन ।

त्यसका लागि कम्पनीको तर्फबाट कोरोना महामारीलाई दोष लगाइएको थियो । यस वर्ष पनि मुकेश अम्बानीले शेयरधनीहरूको वार्षिक साधारण सभामा यो सम्झौता यस वर्षको अन्त्यसम्ममा हुने बताएका थिए ।

योसँगै रिलायन्सले नवीकरणीय ऊर्जाको क्षेत्रमा पाइला टेक्ने बताइएको छ । यसमा नवीकरणीय ऊर्जा उत्पादन गर्न विश्वको सबैभन्दा ठूलो प्लान्ट स्थापना गर्ने योजना पनि समावेश छ ।

सम्बन्धित खबरहरु