काठमाडौं । मध्य पेरिसको प्लेस डे ल ओपेरा स्क्वायर नजिकैको बुलेभार्ड डेस क्यापुसिनेसको एउटा भवनमा शनिबार ठूलो आगलागी भएको छ ।

आगलागीपछि त्यहाँ हावामा धुवाँको मुस्लो देखिएको छ । दमकलकर्मीहरु आगलागी नियन्त्रणमा लिन खोजिरहेका छन् । अधिकारीहरुले सो क्षेत्रबाट मानिसहरुलाई टाढा रहन अनुरोध गरेका छन् ।

प्रिफेक्चर डी पुलिसले ट्विटरमा एक विज्ञप्ति जारी गरेर आगलागीबारे जानकारी दिदैँ सावधान रहन अनुरोध गरेको हो । Fire breaks out near Place de L’Opera in central Paris

आगलागी के कारणले भएको हो भन्ने कुरा खुल्न सकेको छैन । आगलागी पछिका तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मानिसहरु घर छोडेर भागिरहेका दृष्यहरु बाहिर आएका छन् । आगलागी नियन्त्रणमा लिन निक्कै मुस्किल परिरहेको देखिन्छ ।

सम्बन्धित खबरहरु