काठमाडौं । चर्चित बलिउड अभिनेत्री कट्रिना कैफको विवाह पक्का भएको छ । दुनियाँकै सुन्दर अभिनेत्री कैफ र अभिनेता विक्की कौशलको विवाह पक्का भैसकेको हो ।

उनीहरुको विवाहको चर्चाले यतिबेला भारतभर चर्चामा रहेको हो । उनीहरु छिट्टै नै विवाहको मिति सार्वजनिक गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

समाचारअनुसार यी जोडीले धुमधामका साथ विवाहको तयारी थालेका छन् । समाचारअनुसार उनीहरु राजस्थानको जोधपुरस्थित फोर्टमा विवाह आयोजना गर्दैछन् ।

त्यसको तयारीका लागि एक टोली जोधपुर पुगेको बताइएको छ । विवाहका लागि कार बुकिङदेखि लिएर ड्रेज डिजाइन र मण्डपस्थल डिजाइनका कामहरु तीव्ररुपमा भइरहेको बताइएको छ ।

सो जोडीले केही वर्षदेखि डेट गरिरहेको बताइन्छ । तर सार्वजनिकरुपमा दुवै यसबारे हालसम्म खुलेका छैनन् ।

उनीहरु आफ्ना फ्यानहरुलाई एकैपटक सरप्राइज दिन खाजोको बलिउड नगरीमा चर्चा छ । उनीहरुको विवाहमा अभिनेता सलमान खान नजाने बताइएको छ ।

सम्बन्धित खबरहरु