काठमाडौं । एक सैनिक विमान दुर्घटनामा परेको छ । भारतीय नौसेनाको हेलिकप्टर एमआई–१७ अरुणाचल प्रदेशमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना पूर्वी अरुणाचल प्रदेशमा भएको हो । हेलिकप्टरमा दुई पाइलट र तीन जना चालक दलका सदस्य रहेका थिए ।

उनीहरु सबै सकुशल छन् । इन्डिया टुडेको समाचार अनुसार उक्त क्षेत्रमा हेलिकप्टर गस्ती गरिरहेको बेला उक्त दुर्घटना भएको हो ।

दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान गर्न निर्देशन दिइएको छ । गत महिना मात्रै मध्य प्रदेशको भिण्डमा वायुसेनाको मिराज विमान दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटना हुनुअघि नै प्रमुख पाइलट अभिलाष प्यारासुटमार्फत सकुशल बाहिर निस्किएका थिए ।

सेप्टेम्बरमा नै, जम्मू कश्मीरको उधमपुर जिल्लाको पटनीटोप नजिकै भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भयो, जसमा दुई पाइलटको मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु