काठमाडौं । हामीले सामान्यतया सेलिब्रेटीहरुका लागि फ्यानहरु जे पजि गर्न तयार हुन्छन् । तर हालै एक चर्चित अमेरिका गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकका लागि जे गरिन् त्यसले सबैलाई हैरान बनाएको छ । ति गायिकाको चौतर्फी आलोचना भइरहेको छ ।

अब गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्टाले आफ्नो प्रस्तुतीका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरेपछि आलोचनाको सिकार भएकी हुन् ।

रक समूह ब्रास अगेन्स्टका प्रमुख गायिकाले प्रशंसकको अनुहारमा पिसाब गरेकोमा माफी माग्नु परेको हो ।

सामाजिक सञ्जालमा भाइरल गरिएको भिडियोमा सोफिया उरिस्टाले आफ्नो पाइन्छ फुकाल्दै फ्लोरिडाको डेटोना बीचमा गत हप्ता रकभिल मेटल फेस्टिभलमा फ्यानलाई सुताएर मुखमा पिसाब गरिएको थियो ।

सो घटनापछि उनले इन्स्टाग्राममा आफुले त्यो रात सीमा नाघेको बताएकी छिन् । उनले थप्दै भनेकी छिन्, ‘मलाई थाहा छ कि मैले गरेको कामबाट कसैलाई चोट पुगेको छ वा अपमानित भएको छ ।

म उनीहरूसँग माफी चाहन्छु र उनीहरूलाई थाहा छ कि मैले उनीहरूलाई चोट पुर्याउन खोजेको होइन् ।’ उनले थप्दै भनिन्, ‘म शोक आर्टिस्ट (कलाकार) होइन । म सधैं संगीतलाई पहिलो स्थानमा राख्न चाहन्छु ।’ ब्यान्डले पनि गायिकाको हर्कतलाई लिएर प्रतिकृया दिएको छ ।

ट्वीटमा भनिएको छ, ‘यो हामी मध्ये बाँकीले अपेक्षा गरेको कुरा होइन, र यो तपाईले हाम्रा कार्यक्रमहरूमा फेरि देख्नुहुनेछ ।’ उरिस्टाले सोमबार न्यूयोर्कको ब्रुकलिनस्थित सेन्ट भिटसमा प्रस्तुति दिने कार्यक्रम छ ।

बिहीबार, उनको माफी पछि, उरिस्टाले इन्स्टाग्राममा शोको लागि एक प्रोमो साझा गरिन्, उनको क्याप्शनमा पिसाबको घटनालाई संकेत गरिएको छ ।

सन् २०१६ मा रियलिटी टिभी शोक शृंखला ‘द भ्वाइस’ मा एक प्रतियोगी थिइन्, जहाँ उनले बीटल्स हिट ‘कम टुगेदर’ को कभर गाएकी थिइन् ।

उनले अर्को वसन्तमा ब्रास अगेन्स्ट टुरको युरोपियन लेगमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु