काठमाडौं । विवादित बयानका कारण बलिउड अभिनेत्री कङ्गना राणावत संकटमा फसेकी छिन् ।

दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समितिले अभिनेत्रीविरुद्ध इन्स्टाग्राममा सिख समुदायविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको हो ।

समितिले जारी गरेको विज्ञप्तिअनुसार कङ्गनाविरुद्ध मन्दिर मार्ग प्रहरी थानाको साइबर विभागमा उजुरी दिइएको छ ।

समितिले सामाजिक सञ्जालमा राणावतले आफ्नो हालैको पोस्टमा किसानहरूको विरोधलाई होस हवासमा रहेर ‘खलिस्तानी आन्दोलन’ भनेर वर्णन गरेको आरोप छ ।

विज्ञप्तिमा अभिनेत्रीले सिख समुदाय विरुद्ध ‘आपत्तिजनक र अपमानजनक’ भाषा प्रयोग गरेको उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सिख समुदायको भावनामा चोट पुर्‍याउने आपराधिक नियतले यो पोस्टलाई जानाजानी तयार पारिएको थियो र साझा गरिएको थियो ।

तसर्थ, हामी तपाईंलाई यस उजुरीको प्राथमिकतामा ध्यान दिन र एफआइआर दर्ता गरेपछि कडा कानुनी कारबाही गर्न अनुरोध गर्दछौं ।’

सम्बन्धित खबरहरु