काठमाडौं । सामान्यतया हामीले महिलामाथि एसिड प्रहार गरिएको खबर सुन्दै आएका छौं । तर अब समय परिवर्तन हुँदैछ । यस्तो गम्भीर अपराधमा महिलाहरु पनि लाग्ने गरेका छन् ।

भारतमा हालै देखिएको एक घटनाले सबैलाई हैरान बनाएको छ । विवाहको प्रस्ताव अस्वीकार गरेको आरोपमा एक ३५ वर्षीया महिलाले एक युवकमाथि एसिड छ्यापेकी हुन् ।

दुई बच्चाकी आमा समेत रहेकी उनलाई शनिबार पक्राउ गरिएको छ । भारत, केरलाको तिरुवनन्तपुरमका २८ वर्षीय अरुण कुमारमाथि ति महिलाले एसिड प्रहार गरेकी हुन् ।

उनको प्रदेश राजधानीको मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शिबा नामकी ति महिलाले १६ नोभेम्बरमा अरुण कुमारको अनुहारमा एसिड हानेकी थिइन् ।

त्यसबाट उनको आँखाको ज्योति गुम्ने खतरा देखिएको छ । प्रहरीले समाचार एजेन्सी पीटीआईसँग डाक्टरहरूले उनको आँखाको ज्योति गुमेको हुनसक्ने बताएको जानकारी दियो ।

शिबा र अरुण कुमारको भेट फेसबुक मार्फत भएको थियो । त्यसपछि अरुण कुमारलाई थाहा भयो कि शिबा विवाहित र दुई बच्चाकी आमा हुन् । उनी सम्बन्ध अन्त्य गर्न चाहन्थे, तर महिलाले उनलाई ब्ल्याकमेल गर्दै ठुलो रकमको माग गर्ने गर्थिन् ।

कुमार आफ्नो दाजु र साथीसँग नोभेम्बर १६ मा अदिमाली नजिकैको चर्च गए, उनले शिबालाई भेटेर माग गरेको रकम दिन तयार भएका थिए । चर्च परिसरमा जडान गरिएको सीसीटीभीको फुटेज सार्वजनिक भएको छ ।

त्यसमा शिबा कुमारको पछाडि उभिएकी छिन् । उनी अगाडि आएर उनको अनुहारमा एसिड हान्छिन् । त्यस क्रममा उनलाई केही सामान्य चोट पनि लागेको थियो ।

सम्बन्धित खबरहरु