काठमाडौं । शनिबार काठमाडौँमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार शनिबार रमेश न्यौपाने र शरण खड्काको शव भेटिएको हो ।

कुँवरका अनुसार ललितपुर चापागाउँ भर घएका ५० वर्षीय न्यौपाने र धादिङ घर भएका ३२ वर्षीय खड्काको शव भेटिएको हो ।

न्यौपाने काठमाडौँ महानगरपालिका २४ इन्द्रचोकको छोकाछे गल्लीमा डेरा गरेर बस्दै आउनुभएको थियो भने खड्का काठमाडौँ टोखा नगरपालिका ६ लाखे डाँडाका रमेश तामाङले बनाउँदै गर्नु भएको घरको सिँडीमा बस्दै आउनुभएको थियो ।

खड्का सोही घरको रेखदेख गर्नेगरी बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुवै जनाको मृत्युको कारण भने खुलेको छैन । ‘शव भेटिएको छ’, प्रवक्त्ता कुँवरले भन्नुभयो, ‘शवको पोस्टमार्टपछि मृत्युको कारण खुल्छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु