काठमाडौं । बाँकेको पुर्व पश्चिम राजमार्गमा पर्ने खैरी खोलाको जङ्गलमा बेवारिसे सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने खैरीखोलाको जङ्गलमा बेवारिसे बम भेटिएको जानकारी आएको र नजिकैको अगैया प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले बताउनुभयो ।

उहाँले सो बम द्वन्द्वकालको समयमा फालिएको हुनसक्ने जनाउँदै सुरक्षाकर्मीले गस्ती गर्ने क्रममा बम फेला पारेको बताउनुभयो ।

अगैया प्रहरी चौकीका प्रमुख असई खगेन्द्र केसीका अनुसार बम भेटिएको स्थान अगैया प्रहरी चौकीबाट ती किलोमिटर पश्चिमतर्फ छ भने सो बारेमा नेपाली सेनालाई जानकारी गराइसकेको र सेनाको टोलीले घटनास्थलमा पुगेर बम डिस्पोजल टोलीलाई जानकारी गराउने काम गरिरहेको बताउनुभयो ।

सम्बन्धित खबरहरु