काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै उपाध्यक्ष रावलले आफूले आजै उम्मेदवारी घोषणा गर्न लागेको बताउनुभयो ।

नेता रावलले केही छिनमा काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्न लागेको उहाँले बताउनुभयो । यसअघि उहाँले आफ्नो निर्वाचन क्षेत्र अछाममा गएर कार्यकर्तासँग आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवार हुनसक्ने संकेत गर्नुभएको थियो ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको दशौ महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने उहाँले जानकारी दिनुभयो । अध्यक्षमा अहिलेसम्म वर्तमान अध्यक्ष केपी शर्मा ओलीमात्र निर्विकल्प अध्यक्ष देखिनुभएका बेला उपाध्यक्ष रावलले उहाँलाई चुनौति दिनुभएको हो ।

सम्बन्धित खबरहरु