काठमाडौं । भारतीय योगगुरु रामदेवलाई नेपालको पर्यटन सदभावना दूत बन्न प्रस्ताव गरिएको छ । योग पर्यटन प्रर्वद्धनमा मुख्य भूमिका निर्वाह गर्ने रामदेवलाई नेपाल पर्यटन बोर्डले उक्त प्रस्ताव गरेको हो ।

नेपाल भ्रमणमा रहनुभएका उहाँलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरेसँगै उहाँले यस सम्बन्धमा निर्णय दिने जानकारी गराएको उहाँले बताउनुभयो ।

नेपाल पर्वतारोहण र साहसिक पर्यटकीय गन्तव्य मुख्य हवको रुपमा हेर्ने गरिए पनि संस्कृति, प्रकृति र आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।

बिहीबार नेपाल आउनुभएका योगगुरु रामदेवले शनिबार चन्द्रागिरिमा र आइतबार पशुपतिनाथमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु