काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ खुलासा गर्नुभएको छ । उहाँले आफूलाई नलड्न चिकित्सकले सुझाव दिएको बताउनु भएको हो ।

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने उल्लेख गर्नुभयो ।

दुई पटक मिर्गौला प्रत्यारोप गराउनु भएका ओलीले आफुले फुटबल, ब्याट मिन्टनजस्ता खेलहरु खेल्ने गरेको स्मरण गर्नुभयो । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेको उहाँको भनाई थियो । तर सोही खेलका लागि डाक्टरले लड्न पाइँदैन भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ ।

फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिन ।’ खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उनले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु