चक्रघट्टी । पटक–पटक प्रहरीले ठगीको आरोपमा पक्राउ गरेर हिरासतमा बसेका एक व्यक्ति नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचन लड्दैछन् ।

काठमाडौंको टेकुस्थित प्रहरी हिरासतमा पटक–पटक बसेका रेवती रमण दुलालले सोमबार (मंसिर ६ गते) सम्पन्न हुन लागेको क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका हुन् ।

काठमाडौंको कोटेश्वरबाट प्रकाशमान सिंह निकट हुँ भन्दै विगतमा कांग्रेस राजनीतिमा रहेका उनी अघिल्लो प्रदेशसभा निर्वाचन अगाडी काठमाडौंबाट सुनसरी क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता सारेका ब्यक्ती हुन् ।

इटहरीमा रहेको आईसिनेमा रहेको मल बिभिन्न बैंकले लिलामीमा निकालेर बैठरप्टको सूचीमासमेत परेका दुलाल भोलि क्षेत्रीय निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको समूहबाट लड्ने स्थानीय क्षेत्रीय प्रतिनिधिलाई बताएको स्थानीय नेताको भनाई छ ।

प्रदेश सभा (क) को निर्वाचनमा नेकपा एमालेका जगदीश कुशीयतसंग पराजित भएका दुलाल क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका सूचना तथा सञ्चार मन्त्री एबम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीसँग निकट रहेको भनिएपनि पछिल्लो समय नेता कार्की उक्त घटनाका कारण रुष्ट छन् ।

कांग्रेसका दुलाल महिनौपिच्छे हिरासतमा बस्ने गरेको नाम नभन्ने शर्तमा क्षेत्र नम्बर ४ कै देउवा निकट एक नेताले बताए ।

काँग्रेसमा गुटउपगुटको राजनीतिले थलिएका बेला ठगीमा पटक–पटक प्रहरी हिरासतमा बस्नेलाई महाधिवेशन प्रतिनिधिमा मतदान गर्न नहुने तर्क उक्त क्षेत्रका क्षेत्रीय प्रतिनिधिहरुको छ ।

काठमाडौंको तीनकुनेमा घर भएका दुलाल मुश्किलले बर्षमा एकपटक आफ्नो क्षेत्र जाने पर्यटक उम्मेद्वार भएको भन्दै यस्ता पर्यटक उम्मेद्वारलाई जिताउन नहुने तर्क स्थानीय नेता कार्यकर्ताले दुखेसो पोखेका छन् ।

सम्बन्धित खबरहरु