काठमाडौ । नेकपा एमालेका उप–महासचिव घनश्याम भुसालले मतदाताले रुचाएका कांग्रेस, माओवादी लगायत सबै दलका नेताहरु नेकपा एमालेमा चाँडै समाहित हुने दावी गर्नुभएको छ ।

नेकपा एमाले भनेको समावेशी समाजवादको मुल खम्बा भएकाले यो सिद्धान्तमा रहेका सबै नेता एमालेकै जगमा उभिने उहाँले दावी गर्नुभयो ।

विगतदेखि हेर्ने हो भने विभिन्न पार्टीमा रहेका नेताहरु सिद्धान्त मिलेर नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवाद लेनिनवाद ( नेकपा एमाले) बनेकाले अबपनि नागरिकले रुचाएका जति अरु दलका नेताहरु सबै एमालेमा आउने उपमहासचिव भुसालको भनाई छ ।

यो ढिलो चाँडो पक्कै हुन्छ, यो महाधिवेशनदेखि नै सबै अटाउन सक्ने एमाले बनिसकेकाले चाँडै जनप्रिय नेताहरुजति एमालेमा आउँने उहाँको दावी थियो ।

नेकपा एमालेको आधिकारीक फेसबुक पेजमा प्रस्तोता इन्द्र आचार्यसँग कुरा गर्दै जनताको लोकप्रिय पार्टी नै एमाले भएकाले सत्ता सञ्चालनका लागि एमाले एक्लै काफी भएको भुसालले बताउनुभयो ।

एमालेमा अरु दलका नेताहरु आउने क्रम रहन्छ, नाम एमाले नै हुन्छ : त्यहाँ सबै दलका जनताले छान्दै आएका नेताजति समाहित भइसकेका हुन्छन् त्यो दिन चाँडै आउँने छ उहाँ भन्नुभयो ।

एमाले एक्लैले सत्ता चलाउन पाउनेगरी मत आउनेमा कुनै शंका नरहेको तर अहिले नै नभएपनि केही बर्षको अन्तरालमा त्यो सम्भव भएको उहाँको भनाई थियो ।

सरकार सञ्चालनमापनि विगतका सबै सरकारभन्दा सफल भइसकेको, जनताको भावना सञ्चारित गर्नपनि एमाले सफल भएको र राष्ट्र हित एवं राष्ट्रियताको सवालमा एकमात्र भरोसा एमाले भएकाले उदयमान शक्तिको रुपमा नेपालमा एमाले हुनेमा कुनै शंका नभएको उहाँको दावी थियो ।

हेर्नुहोस् भिडियोमा

 

 

सम्बन्धित खबरहरु