काठमाडौं । पछिल्लो समय नेपालका युवा पुस्तामा वितृष्णा बढि रहेको छ । धेरै जसो राजनीतिक पार्टीहरुको नेतृत्वदेखि सामान्य कार्यकर्तासम्म उमेर पुगेकाहरुको नै हालीमुहाली देखिन्छ ।

यसपटक नेपाली कांग्रेसमा युवाको आकर्षण बढेको छ । वडा अधिवेशनदेखि नै युवा पुस्ता पार्टी नेतृत्व लिन अग्रसर भएका हुन् ।

युवा आकर्षण प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पनि देखिएको छ । यो बीचमा बागलुङमा प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन् ।

उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा धेरै मत हो । उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन् । तपाईंलाई जानकारी गराउ कि उनी बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन् । भर्खरै कानुनमा १२ कक्षा उत्तीर्ण गरेकी उषा प्रदेश प्रतिनिधि चुनिएकी छन् ।

‘पहिले राजनीतिक परिवर्तन, अहिले राजनीतिमा परिवर्तन’ नारासहित उनी नाति पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा होमिएकी थिइन् ।

उनले गुटगत राजनीति नभई देश र जनताका लागि काम गर्ने बताएकी छिन् । उषा आफूसँग राजनीतिबाट समाज परिवर्तन गर्ने सपना रहेको बताउँछिन् ।

उनमा विदेश जाने सपना देख्नुभन्दा नेपाललाई नै स्वर्ग बनाउनुपर्छ भन्ने सोच रहेको छ । युवाले राजनीतिमा परिवर्तन ल्याउनुपर्छ भन्ने विचार उनमा रहेको छ ।

राजनीतिमा लागेर देश बनाउन सकिन्छ भनेर नै उनी राजनीतिमा लागेकी हुन् । एलएलबीको तयारी गर्दै गरेकी उषासँग तत्काल ठूला सपना छैनन् ।

https://youtu.be/uDeDDzvSQk0

 

सम्बन्धित खबरहरु