काठमाडौ । बेहुली लिएर फर्केको बस दुर्घटनामा परेको छ । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

जिपमा ७ जना सवार रहेको जानकारी आएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु