काठमाडौं । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको थियो ।

त्यसको असर पनि देखिने गरेको छ । यस्तै, नेपाली कांग्रेस जाजरकोटको नेतृत्व पनि सर्वसम्मत चयन भएको हो ।

पार्टी सभापतिमा नेपाली कांग्रेसका युवा नेता वेदराज सिंह सर्वसहमत हुनुभयो । केहिदिन देखि निरन्तर छलफल गरिरहेको कार्यदलले अन्तिम निश्कर्ष निकाल्दै सहमति सहकार्यबाट नेतृत्व चयन गरेको हो ।

जिल्लाका सबै वरिष्ठ नेताहरुको सहकार्य समन्वयले सिंह सभापती बन्नुभयो । आइतबार पार्टी सभापतीमा सर्वसहत निर्वाचित हुनेहरु निम्नानुसार रहेका छन्

सभापति : वेदराज सिंह
उपसभापति : रत्न खड्का , खड्क वि।सी
सचिव : तेज विक्रम शाह, हरिचन्द्र वस्नेत
सह सचिब : पजारुका खडक वि।सी, छवि पन्त
आधिकारीक घोषणाको कार्यक्रम भने कति खेर गर्ने भन्ने विषयमा केहि खुलाइएको छैन । भोलि बस्ने निर्वाचन अधिकृत सहितको बैठकले घोषणाको कार्यक्रम बारे जानकारी दिने जानकारी गराइएको छ ।

सम्बन्धित खबरहरु