काठमाडौं । योगगुरु रामदेवसँग जोडिएका दुई टेलिभिजन च्यानललाई लिएर नेपालमा विवाद चर्किएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेपालमा यी दुई टेलिभिजन च्यानलको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

ती च्यानलहरुको नाम आस्था नेपाल टिभी र पतञ्जली नेपाल टिभी हो । सो च्यानलहरूको उद्घाटनको अवसरमा योग गुरु रामदेव र उनका निकट सहयोगी आचार्य बालकृष्ण पनि उपस्थित थिए ।

यी च्यानलहरुले नेपालका दर्शकहरुका लागि धार्मिक तथा योग सम्बन्धी कार्यक्रमहरु प्रशारण गर्नेछन् ।

यद्यपी नेपाल सरकारका एक अधिकारीले आइतबार योगगुरु रामदेवसँग जोडिएका यी दुई टेलिभिजन च्यानल बिना अनुमति वा प्रक्रियाविना सञ्चालन गरेको पाइए ती च्यानललाई कारबाही गरिने बताए ।

नेपाल सरकार, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले यी दुई च्यानलले कहिल्यै दर्ताका लागि निवेदन नदिएको र च्यानल सञ्चालनका लागि तोकिएको प्रक्रिया पनि अपनाएको बताउनुभयो ।

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको विभागका महानिर्देशक हमालले जानकारी गराउनुभयो । उहाँले निरीक्षणका लागि टोली पठाएको पुष्टि गर्नुभएको छ ।

उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने छ । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ ।

हमालले यसअघि नै पतञ्जली नेपाल र आस्था नेपालले दर्ता नगरी र कानुनी प्रक्रिया पूरा नगरी नेपालमा टेलिभिजन कार्यक्रम प्रसारण गर्ने पूर्वाधार बनाएको पाइएमा कारबाही गर्ने बताइसक्नु भएको थियो ।

पतञ्जली नेपालले जारी गरेको विज्ञप्तिमा विश्वास नभएको बताउदैँ सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको उहाँको भनाई रहेको छ ।

सम्बन्धित खबरहरु