काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरूको आकर्षण देखिएको छ । हालै बागलुङमा प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा धेरै मत हो ।

उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन् । यो बीचमा नेपाली कांग्रेसले अर्की युवती पाएका छ । युवा पुस्तामध्येकी एक हुन् सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल प्रतिनिधिमा चयन भएकी हुन् ।

आइतबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिका लागि फुयालले ४०३ मत ल्याएकी थिइन् । जानकारी अनुसार उनी खसआर्य महिलातर्फ उम्मेदवार बनेकी थिइन् ।

उनीजस्तै उक्त पदमा प्रतिस्पर्धा गरेकी टंकीमाया बस्नेतले पनि ४०३ मत नै ल्याइन् । एक पदका लागि भएको निर्वाचनमा उम्मेदवारबीच बराबर मत आएपछि गोलाप्रथा गर्दा उनको भाग्य खुलेको हो ।

कांग्रेसको निर्वाचन निर्देशिकामा उम्मेदवारबीच मत बराबर भएको खण्डमा गोला प्रथाबाट टुंगो लगाउने बताइएको छ । भक्तपुरस्थित सानोठिमी क्याम्पसमा नेविसंघको राजनीतिमा पनि पूजा व्यस्त रहने गर्छिन् ।

उनी यसअघि सोलुखुम्बुकै नेचा–सल्यान गाउँपालिका वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् । त्यसबेला पनि उनले २०२ मतसहित निर्वाचन जितेकी थिइन् । पूजाका विचारमा पार्टी राजनीति गर्न नेविसंघकोभन्दा गाह्रो छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु