भोजपुर । १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङ्ममा गाउँपालिका–२ खेसाङ बस्ने १९ वर्षीय वीर बहादुर पहाडीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वीर बहादुरले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
रुपन्देही । सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रमा बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय सन्तराम लोधको आइतबार घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु