काठमाडौं । रुपन्देही, मायादेवि गाउँपालिका–४ बर्सौली बस्ने ३५ वर्षीया बासमती केवट आफ्नै घरबाट ४ सय मिटर टाढा भुषा राख्ने ठाउँमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–९ गंगोली खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गाँजासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ ः–
सिरहा,
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ११ स्थित ईलाकाबाट मंसीर ५ गते
सशस्त्र प्रहरी करीव तीन के.जी. गाँजासहित सोही ठाउँ बस्ने ३७ वर्षिय
दिनेश मुखियालाई पक्राउ गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला पारेको हो

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको फोटो ल्यावमा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामानको बिलविजक नभेटिएपछि बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र
प्रहरीले करीव ३ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो  । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु