काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । १० औं महाधिवेशनको तयारीमा व्यस्त रहेको नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको छ ।

आजको बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उहाँले जानकारी गराउनुभयो ।

आज निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ ।

सम्बन्धित खबरहरु