काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफू र स्वं गिरिजाप्रसाद कोइरालालाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको खुलासा गर्नुभएको छ । तर आफूलाई पुरस्कार नचाहिने भनिदिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

[caption id="" align="aligncenter" width="960"] File Photo[/caption]

सोमबार (आज) चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो । केही मान्छेहरु जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिडेको बताउनुभयो ।

जवाफमा आफूले अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद दिएको तर अन्तर्राष्ट्रिय पुरस्कार नचाहिएको जवाफ फर्काएको पनि उहाँले उल्लेख गर्नुभयो ।

तपाईंलाई जानकारी गराउ तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति कोइराला र माओवादी अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि माओवादी १० वर्षे सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

सम्बन्धित खबरहरु