काठमाडौं । घाँस काट्न गएको बेलमा लढेर रामारोशनमा एक पुरुषको सोमबार ज्यान गएको छ ।

रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय बल विकको ज्यान गएको वडा अध्यक्ष लक्ष्मण परियारले जानकारी दिनुभयो ।

स्थानीय सानटुक्रा भन्ने भीरमा घाँस काट्न गएको बेलामा अन्दाजी एकसय मिटर तल खसेर ज्यान गएको बताइएको छ ।

केही वर्षअघि सोही भीरमा मृतककी श्रीमतीको ज्यान गएको स्थानीयको भनाइ छ ।

मृतकका श्रीमती तीन छोराछारी रहेको बताइएको छ । असहज स्थानमा घाँस काट्न गएर लडेर मृत्यु हुनेको समस्या अछाममा छ ।

सम्बन्धित खबरहरु