काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली मंगलबार विहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

बैठकमा दशौं महाधिवेशनका लागि केन्द्रीय कमिटी बैठकले विधानअनुसार मनोनित गर्न पाउने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव तामाङले बताउनुभयो । आज पार्टीका शीर्ष नेताहरु व्यस्त रहनुभएको र तयारी नपुगेकाले बैठक भोलिका लागि सारिएको तामाङले बताउनुभयो ।

भोली बस्ने बैठकमा चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं महाधिवेशनको तयारीका बारेमा समिक्षा गर्ने तथा व्यवस्थापकीय कामलाई चुस्त बनाउनेबारेमा थप छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । एमाले महाधिवेशन आउन चार दिन बाँकी रहँदा महाधिवेशनको तयारी तिव्ररुपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु