काठमाडौं । नेपाल बार एशोसिएसनले सभामुख र नेकपा (एमाले) संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार बारका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटा र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले दिउँसो २ बजे सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख सापकोटा र एमाले संसदीय दलका नेता नेम्वाङलाई आज बारले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै सभामुखले यो विषयलाई गम्भीरता पूर्वक हेरेको बताउनुभयो । ‘तपाईहरुले बुझाउनु भएको ध्यानाकर्षणपत्र म अध्ययन गर्छु ।

यो विषयको चाँडो निकास निकास पाउनुपर्छ । नत्र झनझन् संकट हुँदै जान्छ । यो विषयमा मेरो ध्यानाकर्षण भएको छ ।,’ ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु