काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि., कीर्तिपुरले महत्वपूर्ण जानकारी साझा गरेको छ । मास्टर अफ विजिनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशन दोश्रो सत्रको नियमीत परीक्षा कार्यक्रम–२०२१ को परीक्षा केन्द्र कायम गरिएको सूचना जारी भएको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस त्रि.वि. व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेष्टर प्रणालिमा संचालित मास्टर अफ विजिनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशन कार्यक्रममा २०७६ साल (सन् २०२०) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२० अघि दोश्रो सत्रको परीक्षामा सामेल भै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको दोश्रो सत्रको नियमित परीक्षा मिति २०७८ । ०८ । १५ गते बिहानको ११ः०० बजेदेखि संचालन हुने भएकोले देहायबमोजिम परीक्षा केन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु