काठमाडौं । लमजुङ प्रहरीले हालसम्मकै ठूलो परिमाणमा लागुऔषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मध्यनेपाल नगरपालिका ५ समिभन्ज्याङका ३० वर्षीय विनोद शाहीलाई ६ के.जी. लागुऔषध (गाँजा) सहित पक्राउ गरेको हो ।

आफ्नै घरमा अवैधरुपमा लागुऔषध (गाँजा) विक्री वितरण गर्न सञ्चय गरी राखेको विशेष सूचनाको आधारमा प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोर्लेटार लमजुङबाट खटिएको विशेष टोलीले सुक्ष्म रुपमा खोजतलास गर्दै जाँदा फेला पारेको प्रहरीले जनाएको छ ।

घरको सुत्ने कोठामा सेतो बोरामा लुकाईछुपाई राखेको अवस्थामा ६ किलोग्राम लागु औषध (गाँजा) फेला पारी पक्राउ गरेको लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उनलाई आइतबार लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

शाहीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लमजुङ प्रहरीले हालसम्मकै ठूलो परिमाणमा लागु औषध (गाँजा) बरामद गर्न सफल भएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु