काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपियाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपियाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपियाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० रुपियाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपियाँले घटेर एक हजार २५५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु