काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठकमा दशौं राष्ट्रिय महाधिवेशनबारे छलफल हुने जनाइएको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको दशौं मशाधिवेशनमा दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

मंगलबारको स्थायी कमिटी बैठकमा पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गरिने विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठक हिजो सोमबार दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने भनिए पनि तयारी अभावका कारण आज विहान ११ बजेको समय तय गरिएको तामाङ बताउनुहुन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु