काठमाडौं । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा सबैभन्दा बढी मतसहित १४ औं महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उहाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।

मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताउनुभयो । बमका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो । देउवाले शतप्रतिशत मत भने पाउनु भएन, अधिकृत बंमले भन्नुभयो । काग्रेस प्रतिनिधि मध्ये ५५ जनाले देउवालाई मत नदिएको उहाँले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी हुन् भएको छ । यसैगरि डडेल्धुरा जिल्ला बाट महाधिवेशन प्रतिनिधिमा आरजूराणा देउवा सर्वसम्मत चयन हुनु भएको छ ।

खुला महिलाबाट राणा सहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो । सर्व सम्मत चयन हुनेमा सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा सर्वसम्मत रहनु भएको छ । महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मीनबहादुर चन्द र सम्पन्न राज भट्ट निर्वाचित हुनु भएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु