काठमाडौं । एक पाइलटका कारण काठमाडौबाट रुकुमको चौरजहारीतर्फ उडेको विमान अर्कै ठाउँमा पुगेको छ ।

चौरजहारी विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्स (नेवानि) को ट्विनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको हो ।

जानकारी अनुसार पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो । पाइलटको उक्त व्यवहारप्रति यात्रुहरूले असन्तुष्टि पोखेका छन् ।

नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने प्रावधान बनाएको छ ।

त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्ने डर हुन्छ ।

सोही बाध्यताका कारण सोमबार चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको हो ।

एक अधिकारीका अनुसार ‘ड्यूटी आवरको सीमा मिच्न पाइन्न, त्यसैले जहाज नेपालगन्जमा अवतरण गरिएको हो ।

उनका अनुसार चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो ।

चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु