काठमाडौं । सबैको मनमा बसेका ३८ वर्षीय न्युरोसर्जन डाक्टर सुबास लोहनीको निधन भएको छ । टोखास्थित ग्राण्डी टावरमा सोमबार दिउँसो उनी बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा भेटिएका उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार डाक्टर लोहनीले सोमबार दिउँसो पोटासियम र मेट्रोजोलाइम नामक बेहोस गर्ने औषधी आफैंले आफ्नो बाँया हातमा इन्जेक्ट गरेका थिए ।

डाक्टर लोहनी टोखा नगरपालिका–३ स्थित ग्रान्डी टावरको ११ औं मा तलामा बस्दै आएका थिए । बेहोस भएका लोहनीलाई डाक्टर रहेकी उनकी श्रीमतीसहितले उपचारका लागि अस्पताल लैजान खोजेका थिए ।

तर अस्पताल पुग्न नपाउँदै बाटोमा उनको मृत्यु भयो । लोहनीलाई एक साताअघि कोरोनाभाइरसको संक्रमण पनि भएको थियो ।

सम्बन्धित खबरहरु