काठमाडौं । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

आठ हजार ७२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ४४५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९८ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खबरहरु