काठमाडौं । माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरुलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बयान दिनुभएको छ । अध्यक्ष ओलीले पूर्वमाओवादी नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताउनुभयो ।

 

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने स्पष्ट पार्नुभएको हो ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताउनुभयो ।

अहिले यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने समय नभएको भन्दै अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन ।

महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।’ तपाईंलाई जानकारी गराउ कि एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुनेछ ।

सम्बन्धित खबरहरु