काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनु भएको छ ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न अध्यक्ष प्रचण्डलाई चुनौती दिनु भएको हो । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म दशौं महाधिवेशन चितवनमा गर्न लागेको छ ।

त्यसलाई लिएर पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको विषयलाई लिएर ओलीले जवाफ फर्काउनुभयो ।

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले एमालेले महाधिवेशन चितवनमा गर्न लागेको बताउँदै अध्यक्ष प्रचण्डलाई झापा पुगेर महाधिवेशन गर्न चुनौती दिनुभयो ।

उहाँले आफ्नै निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गर्न प्रचण्डलाई चुनौती दिनु भएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु