काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशन १० देखि १२ मंसिरसम्म गर्दैछ । यो बीचमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको बताउनु भएको छ । पदाधिकारीका आकांक्षीहरुले मुख खोलेका छैनन् । उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।

मंगलबार सम्पादकहरुसँग भएको छलफलमा ओलीले आफ्नो कुनै रोजाइ नभएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही आफूले पत्याएको वरिष्ठ उपाध्यक्ष र महासचिव भएको उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु