काठमाडौं । नेकपा एमाले अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीको प्रतिकृया आएको छ । उहाँले भीम रावलले आफूलाई चुनौती नदिएको बताउनु भएको हो ।

नेता रावलले आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको ओलीको बुझाई रहेको छ । मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले रावलको सुझावबाट आफू प्रभावित भएको भन्दै ओलीले यस्तो बताउनु भएको हो ।

आफूले अहिलेसम्म अध्यक्षमा उठ्ने टुंगो नगरेको भन्दै उहाँले भन्नुभयो, ‘उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’ आफू अध्यक्षको उम्मेदवार भए कसैलाई पनि छाडिदिनुस् भनेर सामान्य आग्रह समेत नगर्ने स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु