काठमाडौं । सर्वोच्च अदालतमा आज ११ मुद्दामा मात्र फैसला भएको छ भने तीन मुद्दामा आदेश जारी भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि एक एकलसहित नौ संयुक्त इजलासमा ५९२ मुद्दामा पेशी तोक्नुभएको थियो ।

सर्वोच्चका अनुसार आज पेशी तोकिएको मुद्दामध्ये ११ मुद्दामा फैसला, तीन वटा मुद्दामा आदेश जारी र ५७८ वटा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा.कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा.मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोक्नुभएको छ ।

साथै, प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

सम्बन्धित खबरहरु