काठमाडौं । उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अष्ट्रेलियाले प्रवेशाज्ञा (भिषा) दिने भएको छ ।

कोरोनाका कारण बन्द रहेका ती दुई वैदेशिक गन्तव्य खुला हुने भएपछि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।

यी दुवै मुलुक उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् ।

अष्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागु हुने गरेर विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक भिषाबाहेक अन्यका लागि बोर्डर खुला गरिसककेको छ ।

दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने पाण्डेले बताउनुभयो ।

सम्बन्धित खबरहरु