काठमाडौं । सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ रम्भापुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको हो ।

भुस बोकेको प्रदेश २–०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेका छन् । अर्कोतिर सिन्धुलीको दुधौली नगरपालिका–२ गागन भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति १० बजे ज ९ प ९४३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दुधौली नगरपालिका(१ का ४५ वर्षीय दिलिप अधिकारीको मृत्यु भएको हो । अधिकारीको चन्दनपुर पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु