काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका इञ्चार्ज रामप्रसाद बञ्जाडे ‘टङ्कमणि’ को दुर्घटनामा मृत्यु भएको छ ।

दाङ्को भालुवाङमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कँदै गर्दा उहाँ चढेको लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिनुभयाे ।

मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित खबरहरु