काठमाडौं । संयुक्त विद्यार्थी संगठनले महंगी र मूल्य वृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री देउवासँग भेट गर्दै विभिन्न ६ विद्यार्थी संगठनले मूल्य वृद्धि नियन्त्रण गर्न माग गरेका हुन् ।

पछिल्लो समय इन्धन र खाद्यान्नको मूल्य चर्को वृद्धि भएको भन्दै उक्त मूल्य वृद्धि फिर्ता गर्नसमेत माग गरेका छन् ।

मूल्य वृद्धि नियन्त्रणका लागि भारतबाट मात्रै ल्याइने प्रशोशित इन्धनमाथिको एकाधिकार अन्त्य गर्दै अन्तर्राष्ट्रिय बजारबाट तेलजन्य कच्चा पदार्थ नेपाल आयात हुने वातावरण तयार गर्नसमेत उनीहरुले माग गरेका छन् ।

इन्धन व्यापारका विषय मात्रै नभएर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु