काठमाडौं । सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का नेताको निधन भएको हो । पालुङटार नगरपालिका–४ निवासी सुवर्ण देवकोटाको मृत्यु भयो । उनी पालुङटार नगर कमिटी संयोजक थिए ।

उनको स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो । मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिएपछि उनको निधन भयो ।

ठक्करबाट घाइते भएका उनको उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुले उल्लेख गरेको छ । प्रहरीका अनुसार ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको थियो । बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित खबरहरु