काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्‍दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटा पक्राउ परेकी छिन् । उच्च अदालत पाटनले उनीविरुद्ध संसिर १६ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेकी सापकोटालाई ललितपुर सानागाउँमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बुधबार पक्राउ गरेको हो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सापकोटाले २०७५ साल कात्तिक ६ गते रकम भुक्तानीका लागि हिमालयन बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन् । फैसला कार्यान्वयनको लागि बुधबार नै उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु