काठमाडौं । भारत, राजस्थानको गहलोत सरकारका राज्यमन्त्री राजेन्द्र गुढाले अनौठो बयान दिएपछि विवादमा तानिएका छन् ।

उनले अभिनेत्री कैट्रिना कैफको गाला जस्तै सडक बनाउने बयान दिएपछि विवादमा तानिएका हुन् ।

गुढा राज्यमन्त्री बनेपछि पहिलो पटक आफ्नो विधानसभा क्षेत्रमा आएका थिए । पाँख गाउँमा भएको स्वागत कार्यक्रममा मानिसहरूले सडकको माग गर्दा उनले पहिले हेमा मालिनीको गाला जस्तो सडक हुनुपर्छ भने, त्यसपछि नयाँ नायिकाको नाम थाहा नभएको भन्दै जनतालाई प्रश्न गरेका थिए ।

त्यसपछि जब कैट्रिना कैफको नाम आयो, मन्त्रीको कुरा सुनेर जनता अलमलमा परेको भारतीय सञ्चारमाध्यमहमरुले जानकारी दिएका छन् । सडक कैट्रिना कैफको गाला जस्तो हुनुपर्छ भनेपछि उनको विवाद हुँदैछ ।

सो अवसरमा सार्वजनिक निर्माण विभागका प्रमुख इन्जिनियरले ठट्टाको स्वरमा भने, ‘मेरो क्षेत्रमा कैट्रिना कैफको गालाजस्तै सडक बनाउनुपर्छ ।’ राज्यमन्त्रीको यो भनाइको चर्को बहस भएको छ ।

मन्त्रीको भनाइको भिडियो पनि भाइरल भइरहेको छ । मन्त्रीले घटनास्थलमा रहेका पदाधिकारीलाई आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजना तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित खबरहरु