काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

बुधबार भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौंमा १४४ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना मुक्त भएका छन् भने चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु