काठमाडौं । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दशौं महाधिवेशनमा पनि आफू सचिव पदमै दोहोरिने बताउनु भएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्नुहुँदै भट्टराईले पार्टीमा आफ्नो लागि अझ समय भएकाले सचिवमा दोहोरिने बताउनुभएको हो ।

“अझै मेरोलागि पार्टीमा योगदानको समय छ” भट्टराईले भन्नुभयो, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।”

आफून्दा पुराना नेताहरु रहनुभएकाले उहाँहरुलाई माथिको पदमा जाने अवसर दिने उहाँले बताउनुभयो ।

पार्टीलाई आउँदो निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने पनि उहाँले दावी गर्नुभयो ।

पार्टी महाधिवेशन तयारीका लागि शीर्ष नेताहरु महाधिवेशनस्थल आउनेक्रम जारी छ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

१० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते पर्यटकीय क्षेत्र सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु